पाल्पाका ९३ जनामा कोरोना संक्रमण
चितवन । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पा जिल्लावाट ल्याईएका ९३ जनाको स्वावमा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्ये बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको हो ।
उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेका अस्पतालले जनाएको छ । यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वावको नतिजा भने नेगेटिभ बिहिवार बिहान आएको छ । भरतपुर प्रयोगशालामा बुधबार २९७ जनाको परीक्षण गरिएको थियो ।