‘औषधीको अभाव हुन दिने छैनौं यो हाम्रो प्रतिबद्धता हो, हल्लाका पछि नलागौं’



अहिलेको यस विकराल परिस्थितीमा सुरक्षाका लागि गरिएको लकडाउन( सुरक्षित समय) ले गर्दा अधिकांश कर्मचारी तथा श्रमिक मित्रहरु क्वारेन्टायनमा बस्नुभएकोेले पनि केही एकाध औषधी अभाव भएको हो सो केही औषधीहरु बाहेक हामीहरुसँग आवश्यक औषधीहरु मौज्दात रहेको अवस्था छ। र हाम्रो छिमेकी राष्ट्र भारत लगायत सबै क्षेत्रमा गरिएको लकडाउनको स्थितीले गर्दा ट्रान्सपोर्टेशनमा अलि बाधा व्यवधान आएको छ जसको कारणले गर्दा केही ईम्पोर्टर र केही ट्रान्सपोर्टहरुको गोदाम मै थन्किएको स्थिती छ।

निर्यातकर्ता कम्पनिहरुको आन्तरिक समस्याहरुले गर्दा पनि आयातकर्ता ज्युहरुको अर्डर प्लेसमेण्टमा ढिलाई भईरहेको छ । वातावरण सहज भएको समयमा अनुकुल मिलाएर आईरहेको पनि छ र विशेष आवश्यकता परेको अवस्थामा सम्बन्धित निकायहरुको सहयोगमा ल्याउने योजना पनि छ। हामी यो सन्दर्भमा बिशेष रुपले निगरानी पनि गरिरहेका छौं। यस गम्भिर पलमा हामी सेवाग्राहीहरुको स्वस्थ जीवनको लागि अनवरत खटीरहेका छौं र उँहाहरुलाईऔषधीको अभाव हुन दिने छैनौं यो हाम्रो प्रतिबद्धता हो।

आजकल बजारमा आवश्यकभन्दा अनावश्यक हल्लाहरु धेरै चल्ने गरेकोले गर्दा भौतिक नभई कपोकल्पित औषधी अभाव भएको महसुस गरेको छु तसर्थ सम्पुर्ण सेवाग्राहीज्युहरुमा यो अनुरोध छ कि कृपया हल्लाहरुको पछी नलाग्नुस् , यदी भौतिक रुपमा नपाएको अवस्थामा हामीलाई सम्झिनुहोस् हामी हरपल सेवामा तत्पर छौं।

औषधीमा कालो बजारी भन्ने पढ्दा हामी साह्रै मर्माहत भएकाछौ र  सम्पुर्ण सेवाग्राहीज्युहरुमा नम्र निवेदन यो छ कि औषधीमा उल्लेखित मुल्य भन्दा एक पैसा पनि बढि नतिर्न सुसुचित गर्दर्छौं र यदी कँही कतै त्यस्तो समस्यासँग जुद्धै हुनुहुन्छ भने हामीलाई messengerमा गई NCDA kathmandu मा जानकारी दिनुस् वा एक कल फोन गर्नुहोस् त्यस्ता व्यवसायीलाई हामीले नै कारवाहीको दायरामा ल्याउने छौं। र यसै मार्फत यस्तो संगिन पलमा यदी यस्तो कार्य कँहि कतै हाम्रा व्यवसायीहरुले गरिरहनु भएको छ भने कृपया सेवाभावलाई आत्मसात गरी नगर्नु नगराउन हुन जानकारी गराउँदछौं। यदी गरेको वा गराईएको पुष्टी भएमा य़हाँ स्वयम् नै सजायको भागिदार हुनुहुनेछ तसर्थ व्यवसायीक मर्यादा कायम राखी सेवग्राहीहरुको स्वास्थ्य सेवामा विशुद्ध मानविय सेवा गर्न हुन अनुरोध छ। धन्यवाद।
बद्री प्रसाद श्रेष्ठ, शूभ मान श्रेष्ठ
९८५१०४९०९६ ९८५१०३५६६७
अध्यक्ष, महासचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय