वायु प्रदूषणले मानिसको आयु घटाउने



फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएका छन्। वायु प्रदूषण र रोगको सम्बन्ध यति धेरै देखिन थालेको छ कि यसलाई नयाँ धूमपान भन्न थालिएको छ। तर हाम्रो जीवनलाई वायु प्रदूषणले कति छोट्याउँदै छ त?

वैज्ञानिकहरूको एउटा टोलीले घर बाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ। यो २.९ वर्षको नयाँ औसत पहिले अनुमान गरिएभन्दा दोबर र सूर्ती धूमपानभन्दा बढी हो।

कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा उनीहरूले युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरेका छन्। र अध्ययनकर्ताहरूले वायु प्रदूषणका कारण हुने मृत्युको सङ्ख्या धूमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन्।

उनीहरूले नयाँ तथ्याङ्क प्रशोधन विधि प्रयोग गरेर सन् २०१५ मा भएको मृत्युदर गणना गरेर वायु प्रदूषणलाई ८८ लाख मृत्युसँग जोडेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि प्रतिवर्ष ८२ लाख मानिसहरूको मृत्यु धूमपानसँग जोडिने गरेको छ।

वायु प्रदूषणले मुटुसम्बन्धी र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने र हाम्रो स्वस्थ जीवनयापनमा अन्य असर पार्ने बताइएको छ।

“हाम्रो नतिजाले वायु प्रदूषण महामारी भएको देखाउँछ,” मेन्ज युनिभरसिटी मेडिकल सेन्टरका प्राध्यापक थोमस मुञ्जेलले एक विज्ञप्तिमा लेखेका छन्। “नीति निर्माता र स्वास्थ्य समुदायले यसलाई थप ध्यान दिनुपर्ने देखिन्छ।”

मुञ्जेल र उनका सहकर्मीहरूले खनिजमा आधारित इन्धनको कम प्रयोगले मानिसको आयु उल्लेख्य रूपमा बढाउन सकिने बताएका छन्। उनीहरूको अनुमानमा त्यस्तो धुवाँ शून्यमा झार्न सकिए मानिसको आयु एक वर्षले बढ्ने छ।

पूर्वी एशियामा वायु प्रदूषणले मानिसको लगभग चार वर्ष आयु घटेको र ओ‌सनिया क्षेत्रमा एक वर्षभन्दा कम घटेको उनीहरूको अनुमान छ।

अध्ययनले वायु प्रदूषणले बुढो मानिसहरूलाई बढी असर गर्ने देखाएको छ: उनीहरूका अनुसार वायु प्रदूषणका कारण असामायिक निधन हुनेहरूमध्ये ७५ प्रतिशत मानिस ६० वर्षमाथिका छन्।

अध्ययनमा संलग्न नभएका अक्सफर्ड विश्वविद्यालयका स्यामुअल काइले यो अध्ययनले “वायु प्रदूषण विश्वभर स्वास्थ्यका लागि सबैभन्दा मुख्य जोखिम रहेको” देखाएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी जहाज निर्माण अनुसन्धान झुटो आरोपले भरिएको चीनको आरोप

  बेइजिङले जहाज निर्माण, सामुद्रिक तथा रसद क्षेत्रमा चीनको व्यापार अभ्यासमाथि अमेरिकी अनुसन्धानको

फ्रान्सद्वारा ओलम्पिकअघि पेरिस स्क्वाटबाट सयौँ आप्रवासी निष्कासित

  फ्रान्सेली अधिकारीहरूले ओलम्पिक सुरु हुनुअघि मात्र एक सय दिनअघि बुधबार पेरिसको दक्षिणी

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिणपश्चिमी जापानमा बुधबार राति ६ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण

म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी