नयाँवानेश्वरको सार्वजनिक शौचालय वडालाई हस्तान्तरण



काठमाडौं । काठमाडौंको नयाँवानेश्वरस्थित छक्कुपक्कु पार्कको आडमा निर्माण गरिएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा शौचालयको साँचो वडा अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गरिएको हो । व्यवसायिक सार्वजनिक उत्तरदायित्वअन्तर्गत एभरेष्ट बैङ्कले करीब २० लाख रुपैयाँ खर्च गरेर छक्कुपक्कु पार्कको मर्मत तथा सार्वजनिक शौचालय निर्माण गरेको हो । नवनिर्मित शौचालयमा पुरुषका लागि ४ वटा पिसाब फेर्ने युरिनल र एउटा दिशा गर्ने ठाउँ, महिलाका लागि २ वटा र अपाङ्गता भएका व्यक्तिका लागि एउटा छुट्टाछुट्टै ठाउँ छन् ।

शौचालयको साँचो बुझिसकेपछि वडाध्यक्ष केसीले राजधानीको केन्द्रमा मानिस आउँदा शौचालय नभएर खेप्नु परेको सास्ती अब हट्ने बताए ।

अपाङ्गता भएका व्यक्ति, पर्यटक र जेष्ठ नागरिकलाई शौचालय निःशुल्क हुनेछ । यसको दिगो व्यवस्थापनका लागि अन्य उपभोक्ताबाट सेवा शुल्क संकलन गरिनेछ । यसरी संकलन भएको रकम सरसफाइ र बायोग्याँस उत्पादनमा खर्च हुनेछ । वडाले यस कामका लागि एरोसान सन्टेनेबल स्यानिटेसनले सञ्चालन गरेको सरसफाइ सहकारी संस्थासँग सहकार्य अघि बढाएको छ ।

शौचालय हस्तान्तरण कार्यक्रममा बैङ्कका नायव महाप्रबन्धक आशुतोष शर्माले व्यवसायिक संस्थागत उत्तरदायित्वअन्तर्गत वडासँग थप सहकार्य हुने बताए ।

त्यस्तै संस्थागत उत्तरदायित्व समितिका सदस्य डा. गणेश गुरुङले निर्माण भएको शौचालय दिगो र गुणस्तरीय सेवा दिन सक्ने गरी सञ्चालन गरिनुपर्ने बताए । प्रमुख बजार व्यवस्थापक पुष्पराज उप्रेतीका अनुसार बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह क्षेत्र निर्माण गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार