मास्क र ह्याण्ड स्यानिटाइजरको कृत्रिम अभाव नगराऔं



चीनको वुहानमा फैलिएको कोरोना संक्रमणको कारण नेपालमा पनि मास्क र स्यानिटाइजरको कृत्रिम अभाव सुरु भएको छ | N95 लगायतका सुरक्षित मास्क ब्यापक रुपमा निर्यात भइरहेको छ |

त्यतिमात्र हैन, औषधि पसलबाट बिक्रि गरिने सर्जिकल मास्क ( जुन मास्कले कोरोना भाइरस सर्नबाट खासै बचाउदैन, शल्य क्रिया गर्दा चिकित्सकको नाक / मुखबाट थुक, छिटा आदि नआओस भनेर लगाइन्छ ) को अभाव सुरु भएको छ | चिनिया, चीनमा सप्लाई गर्ने व्यक्तिहरुले ठूलो मात्रामा सर्जिकल मास्क किनिरहेका छन् | ह्याण्ड स्यानिटाइजर पनि ठूलो मात्रामा किनबेच भइरहेको छ | कालोबजारी गर्नेहरुले मास्क तथा ह्याण्ड स्यानिटाइजर स्टोर गर्न थालेका छन् |

बुझ्नुपर्ने कुरा के छ भने नेपालमा कोरोना संक्रमण देखिएको छैन, एकाध केसबाहेक | १ महिनाभित्र कोरोना भाइरस नियन्त्रणमा आउने चीनले विश्वास लिएको छ | सर्जिकल मास्कले कोरोना भाइरसलाई फिल्टर गर्न सक्दैन | तसर्थ यी सामानको जोहो गर्नु जरुरि छैन |

मानौं, कोरोना भाइरस देखियो रे ! त्यस अवस्थामा हामीसंग निकै भरपर्दा उपाय छन् | कपडा सिलाएर बनाएका मास्क सर्जिकल मास्क भन्दा धेरै प्रभावकारी हुन्छन | ह्याण्ड स्यानिटाइजर भन्दा स्पिरिट स्वाब, अल्कोहलिक स्वाब धेरै प्रभावकारी छन् | यी सस्ता पनि छन् | साबुन पानी, खरानी पानी पनि बिकल्प छन् |

तसर्थ अनाबश्यक संग्रह नगरौं ! फार्मेसीले पनि आवश्यक मात्रामा बिक्रि गरौँ, निरन्तर उपलब्ध गराउन तदनुसार खरिद बिक्रि गरौँ !
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको