सरुवा रोग नियन्त्रणका लागि गरिने क्वारन्टीन भनेको के हो ?



चीनमा कोरोनाभाइरसको सङ्क्रमण प्रकोपका रूपमा फैलिएपछि सञ्चारमाध्यममा ‘क्वारन्टीन’ शब्द व्यापक रूपमा प्रयोग भएको देखिन्छ। यो शब्द सरुवा रोग नियन्त्रणसँग सम्बन्धित छ।

इन्साइक्लपिडिया ब्रिटानिकाका अनुसार क्वारन्टीन भन्नाले कुनै सरुवा रोगको जोखिममा रहेका मानिस वा पशुलाई हिँडडुल गर्नबाट रोक्ने वा उनीहरूलाई अलग्ग सुरक्षित स्थानमा राख्ने भन्ने बुझाउँछ।

सरुवा रोगको सङ्क्रमण वा त्यो फैलाउने जोखिमबाट मुक्त नभएसम्म उनीहरूलाई क्वारन्टीनमा अर्थात् अलग्गै राखिन्छ।

अझ विस्तारमा भन्नु पर्दा स्वस्थ मानिस वा समूहलाई कुनै पनि स्थलबाट हिँडडुल गर्नबाट रोक लगाई सम्भावित सङ्क्रमणबाट उनीहरूलाई जोगाउन वा उनीहरूबाट सर्वसाधारणलाई हुन सक्ने खतरा रोक्न निश्चित समयका लागि सुरक्षित स्थानमा राखेर निगरानी गर्ने कार्यलाई क्वारन्टीन भनिन्छ।

कसरी गरिन्छ क्वारन्टीन व्यवस्थापन?

अहिले चीनको हुबे प्रान्तबाट १८० नेपालीलाई स्वदेश फिर्ता ल्याइने तयारी हुँदैछ। यहाँ ल्याइएपछि उनीहरू सबैलाई क्वारन्टीनमा राखिनेछ।

त्यसका लागि राजधानी उपत्यकामा चार स्थानको टुङ्गो भइसकेको अधिकारीहरूको भनाइ। क्वारन्टीन व्यवस्थित बनाउनका लागि स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउनु आवश्यक हुन्छ। उक्त अवधिमा सङ्क्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई नियमित अनुगमन गरेर रोगका लक्षण भए नभएको निधो गरिन्छ।

कोरोनाभाइरसको हकमा कम्तीमा दुई सातासम्म क्वारन्टीन गर्ने अर्थात् निगरानीमा राख्नुपर्ने हुन्छ। उक्त अवधिमा क्वारन्टीनमा राखिएका मानिसहरूको नाक, घाँटी तथा श्वासप्रश्वाससम्बन्धी अङ्गको भित्री भागबाट समेत विभिन्न नमुना निकालेर परीक्षण गरिन्छ।

उक्त अवधिमा उनीहरूको उपचारमा सक्रिय हुने चिकित्सक, नर्स तथा अन्य विज्ञ वा निगरानीमा रहने सुरक्षाकर्मी, खाना तथा ढुवानी लगायतको बन्दोबस्ती गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउने गर्छन्।

क्वारन्टीन स्थल कहाँ छन्?

कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तमा नेपालीहरू उद्धारको पर्खाइमा छन्। सरुवा रोग फैलिएको स्थानबाट आउने भएकाले निश्चित अवधिका लागि उनीहरूलाई चिकित्सकीय निगरानीमा चार स्थानमा अलग्गै राखिनेछ।

उनीहरूलाई निम्न स्थानमा राखिनेछ:

  • शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र
  • इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको आवासीय भवन
  • सूर्यविनायकस्थित कृषि तालिम केन्द्र
  • खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र

बिहीवार स्वास्थ्य, गृह, रक्षा र परराष्ट्र मन्त्रीसहित विभिन्न सरोकारवाला मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ती स्थानमा चीनबाट फर्किने व्यक्तिहरूलाई राख्न निर्देशन दिएका हुन्।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार