अब मोबाइल एपबाटै औषधिबारे जानकारी



काठमाडौ । नेपालमा प्रयोग हुने अत्यावश्यक औषधिको जानकारी अब मोबाइल एपबाटै लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले सूचीकृत ३ सय ९२ प्रकारका औषधिबारे जानकारी दिन ‘नेप्लिज नेसनल फमुलरी’ एप आइतबार सार्वजनिक गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एपबारे जानकारी, कसरी हेर्ने, प्रयोग गर्ने भन्नेबारे गाउँगाउँमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई तालिम दिनु आवश्यक भएको बताए ।

विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले एप डाउनलोड गरी प्रयोगकर्ताले औषधिको प्रयोग गर्न सकिने अवस्था, त्यसबाट हुने असर, साइड इफेक्ट, सावधानी आदिबारे जानकारी लिन सकिने र ठगिनबाट जोगिने बताए । एपले नेपालमा प्रयोग हुने सबै अत्यावश्यक औषधि, त्यसको उपलब्धताबारे जानकारी लिन सकिने उनको भनाइ थियो ।

केही प्राविधिक कारणले ढिलाइ भएको २ जनावरीभित्रमा एप पूर्ण रूपमा सञ्चालन हुने उनले जानकारी दिए । विभागले एप विशेषगरी चिकित्सक र फार्मेसिस्टका लागि सहयोगी हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव