न्यूजील्यान्डमा एचआईभी पोजिटिभ मानिसहरूले दान गरेको वीर्य सङ्कलन गरिने वीर्य बैंक स्थापना



एचआईभी पोजिटिभ मानिसहरूले दान गरेको वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा स्थापना भएको छ। उक्त ब्याङ्कलाई आफ्नो शुक्रकीट उपलब्ध गराउने तत्परता देखाउँदै तीन जनाले हस्ताक्षर गरेका छन्।

उनीहरूको शरीरमा पत्ता लगाउन नसकिने मात्रामा एचआईभी छ। त्यसको अर्थ उनीहरूको रगतमा निकै न्यून सङ्ख्यामा विषाणु छन् जुन यौन सम्बन्ध गर्दा वा बच्चा जन्माउँदा सर्दैन।

उक्त ब्याङ्कको उद्देश्य एचआईभी सङ्क्रमणबारे विद्यमान गलत धारणासँग सङ्घर्ष गर्नु हो। डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसभन्दा अघि तीनवटा परोपकारी संस्थाले ‘स्पर्म पोजिटिभ’ स्थापना गरेका हुन्।

बडी पोजिटिभ, न्यूजील्यान्ड एड्स फाउन्डेशन र पोजिटिभ विमिन इङ्कले उक्त आयोजनाले मानिसहरूलाई एचआईभी सङ्क्रमणबारे सचेत बनाउने र सङ्कमित बिरामीमा हुने हीनताबोध कम गर्न सहयोगी हुने आशा लिएका छन्।

सबै दाताहरू एचआईभी पोजिटिभ भए पनि सफल उपचारका कारण उनीहरूबाट विषाणुको सङ्क्रमण नहुने स्पष्ट पारिने उक्त ब्याङ्कले जनाएको छ।

स्पर्म पोजिटिभ आफैँले नि:सन्तान उपचार क्लिनिक सञ्चालन गरेको छैन। तर वीर्य लिन इच्छुक व्यक्तिलाई उसले त्यस्ता क्लिनिकसँग उसले सम्पर्क गराइदिनेछ।

तीन दातामध्येका एक डामिएन रुल-नीलले आफूलाई एचआईभी भएको जानकारी रोजगारदातालाई दिँदा हतोत्साह गरिएको र अन्तत: काम छाड्ने निर्णय गरेको रेडिओ न्यूजील्यान्डलाई बताए।

“औषधोपचारले तपाईँलाई रोग सार्ने हुनबाट जोगाउँछ भन्ने आधार हामीलाई विज्ञानले दिएको छ,” उनले भने, “एचआईभी सङ्क्रमित मेरा धेरै महिला साथीहरूले पनि सन्तान जन्माएको देखेको छु। विज्ञान र औषधोपचारले सन्तान जन्माउने क्षमता फेरि फर्काइदिएको त्यसले पनि देखाउँछ।”

सन् १९९९ मा एचआईभी सङ्क्रमित भएको पत्ता लागेका रुल-नील विवाहित हुन्। उनका दुई सन्तान र तीन नातिनातिना छन्। उनी स्वस्थ छन्। केही वर्षयता एचआईभीको उपचारमा ठूलो प्रगति भएको छ।

मार्च महिनामा विश्वमै पहिलो पटक एक एचआईभी सङ्क्रमित व्यक्तिबाट अन्य एक एचआईभी सङ्क्रमित बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सङ्क्रमित व्यक्तिको शरीरमा एचआईभी फैलिन नदिन एन्टीरेट्रोभाइरल थेरपीअन्तर्गत विभिन्न औषधिहरूको मिश्रण दिइन्छ। त्यसले रगतमा विषाणुको मात्रा फेला पार्न नमिल्ने तहमा निकै कम गराइदिन सक्छ।

तर एचआईभी विश्वका सबैभन्दा गम्भीर जनस्वास्थ्य चुनौतीहरूमध्ये एक हो। सन् २०१८ को तथ्याङ्कअनुसार विश्वमा झन्डै तीन करोड ८० लाख मानिस एचआईभी/एड्स सङ्क्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले