काठमाडौं महानगरपालिकाद्वारा नेपाल मधुमेह समाजलाई २० लाख बजेट हस्तान्तरण



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने गरी पठनपाठनको कामलाई अघि बढाउन मातहतका सबै विद्यालयहरुलाई आह्वान गरेका छन् । विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुग्ने गरी पठनपाठन भए घर, परिवार र सिंगो समाजमा स्वच्छ वातावरण निर्माण गर्न सहज हुने बताएका हुन् ।

उनले विद्यालयहरुको स्वच्छ वातावरण निर्माणका लागि काठमाडौं महानगरपालिकाले १३ करोड बजेट चालू आर्थिक वर्षका लागि विनियोजन गरेको उल्लेख गर्दै त्यसले विद्यालय तहको सुधार कार्यक्रममा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले काठमाडौं महानगरपालिकाले मधुमेह रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि नेपाल मधुमेह समाजलाई २० लाख बजेट हस्तान्तरण गरेको जानकारी दिए ।

कार्यक्रममा मृगेन्द्र सम्झना चिकित्सा गुठीले समाजको विकासका लागि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । कार्यक्रममा गुठीका संस्थापक प्रा. डा. मृगेन्द्रराज पाण्डेले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

त्यस्तै रमा सुन्दरी श्रेष्ठ कोषमा सुन्करराज श्रेष्ठले ७५ हजार रुपैयाँ थप गरेका छन् । समाजले व्यवस्थापन गर्ने गरी जोकोही पनि आमाबुबाले स्मृतिमा ५ लाख रुपैयाँको कोष स्थापना गर्न सक्ने व्यवस्था छ । यो कोष समाजका अध्यक्ष शिव श्रेष्ठकी श्रीमतीका नाममा स्थापना गरिएको कोष हो ।

कार्यक्रममा बरिष्ट मुटुरोग बिशेषज्ञ डा. प्रकाशराज रेग्मीले मधुमेहले मुटुमा ल्याउने जटिलता, उच्च रक्तचाप, सावधानी र उपचारका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै ग्रन्थी रोग बिशेषज्ञ (इन्डोक्राइनोलोजिस्ट तथा ग्यास्टोलोजिस्ट) प्रा. डा. प्रदीप श्रेष्ठले मधुमेहका जटिलताका बारेमा, अर्थोपेडिक सर्जन डा. शैलज रञ्जितकारले मधुमेहले — स्नायु र हड्डीमा पार्ने प्रभाव तथा ग्याङरिङ भएर खुट्टा काट्नु पर्ने अवस्था कसरी आउँछ? यो अवस्था आउन नदिन के गर्ने? भन्ने बिषयमा र बरिष्ठ रेटिना बिशेषज्ञ डा. इली प्रधानले, मधुमेहले आँखामा पार्ने प्रभाव र जटिलतासँगै उपचारात्मक पक्ष, सहप्राध्यापक एवं खाद्यबिज्ञ आलोक श्रेष्ठले, मधुमेहका बिरामीले खानामा पुर्याउनु पर्ने सावधानीका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम

एकसय तीन प्रकारका एन्टीबायोटिक औषधि प्रयोगमा रोक

काठमाडौँ  । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न

पाल्पाका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । आइतबार