ओसिलो दिनमा किन बढी हुन्छ जोर्नीको दुखाइ ?



एउटा अध्ययनले जोर्नीको दुखाइसम्बन्धी बाथ रोगजस्ता दीर्घकालीन समस्या हुने मानिसले ओसिलो दिनमा बढी दुखाइ सहनु पर्ने देखाएको छ।

चिसोले दुखाइलाई बढाउने भनाइ प्रचलित भएपनि दुखाइमा हुने मौसमको प्रभावबारे एकदमै थोरै मात्रै अनुसन्धान भएको छ।

म्यान्चेस्टर विश्वविद्यालयले मोबाइल फोनमार्फत दुई हजार पाँच सय मानिसमाझ गरिएको अध्ययनमा दुखाइका लक्षणहरू न्यानो तर ‌‍ओसिलो दिनमा झन खराब हुने पत्ता लगाएको छ। अनुसन्धानकर्ताहरूले यो अध्ययनले यस विषयमा भविष्यमा थप अनुसन्धान गर्न बाटो देखाउने आशा गरेका छन्।

जाडो याममा मानिसहरूले घुँडा दुखिरहेको छ भनेको सुन्नु सामान्य कुरो भइसक्यो। अझ कतिले त जोर्नीको दुखाइले मौसमको पूर्वानुमान लगाउन सक्ने दाबी गर्छन्।

तर विभिन्न खालको मौसमले कसरी यस्ता पीडालाई असर गर्छ भन्ने वैज्ञानिक अनुसन्धान गर्न कठिन छ।

विगतमा गरिएका अध्ययनहरू सानो र छोटो समयमा गरिएका मात्रै छन्।

‘क्लाउडी विथ अ चान्स अफ पेन’ नामक यो अनुसन्धानमा वैज्ञानिकहरूले संयुक्त अधिराज्यभरका बाथ रोग, फाइब्रोमायाल्जिया, टाउको दुख्ने र स्नायुसम्बन्धी दुखाइका बिरामीलाई सहभागी गराइएको थियो।

उनीहरूले एकदेखि १५ महिनासम्म प्रत्येक दिन दुखाइको लक्षणबारे विवरण राखे र उनीहरूको फोनले उनीहरू रहेको ठाउँको मौसमको तथ्याङ्क राख्थ्यो।

आर्द्र र हावा लागेको दिन सामान्यभन्दा २० प्रतिशतले दुखाइ बढेको अनुभव सहभागीहरूको थियो। चिसो र ओसिलो दिनले पनि दुखाइ झन् बढाउने देखिएको छ। तर तापक्रम वा वर्षा मात्रै यसको एकल कारण भने होइन।

म्यान्चेस्टर विश्वविद्यालयको सेन्टर फर एपिडेमियोलोजी भर्सेस आरथ्राइटिसका प्राध्यापक तथा सो अध्ययनका नेतृत्वकर्ता विल डिक्सले भने: “बाथ रोगको लक्षण भएका बिरामीलाई मौसमले असर गर्ने गरेको पुरातन ग्रिसका चिकित्सक हिप्पोक्रेट्नको पालादेखि नै थाहा थियो।”

“बाथ रोग भएका करिब तीन-चौथाइ मानिस मौसमले आफ्नो दुखाइलाई प्रभाव पार्ने विश्वास गर्छन्।”प्राध्यापक डिक्सनले यदि अनुसन्धानकर्ताहरूले अब ओसिलो मौसमसँग दुखाइको सम्बन्ध हेरे भने त्यसले नयाँ उपचारका लागि नयाँ ढोका खोल्नसक्ने बताए।

उनको अनुसार त्यस्तो अध्ययनले दुखाइको पूर्वानुमान गर्न सम्भव हुनसक्छ जसले गर्दा दीर्घरोग भएका मानिसहरूलाई आफ्नो कामको योजना बनाउन सहयोग गर्छ। यूकेमा करिब एक करोड मानिसलाई बाथ रोग छ र तीमध्ये धेरैजसोले प्रत्येक दिन असह्य पीडा सहने ठानिन्छ।

अध्ययनका लागि मद्दत गरेको सेन्टरका निर्देशक डाक्टर स्टेफेन सिमसनले भने: “बाथ रोगमा मौसमको असर हुन्छ भन्ने कुरा लोककथा जस्तै भइसक्यो तर त्यो अध्ययनको आधारमा भन्दा अनुभवको आधारमा भनिएको हो।” “अनुसन्धान गर्नका लागि यो नवीन तरिका थियो र हामीले यसबाट निकालेका निष्कर्षहरू महत्त्वपूर्ण छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार