कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम कात्तिक २ र ३ गते गर्ने भएको छ।

पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

साथै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लागू भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बालबालिकालाई ‘एमयुएसी’ टेपबाट पोषण स्थिति लेखाजोखा एवं ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गर्ने कार्यक्रम मन्त्रालयले गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले पत्रमा स्थानीय तहबाट सहयोग समन्वय तथा प्रचारप्रसार तथा आवश्यक सहजीकरणको लागि अनुरोध समेत गरेको छ। साथै समन्वयका लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई मर्यादित महिनावारीमैत्री देशका रूपमा चिनाउने सुनौलो अवसर

गोविन्द खड्का । महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसले सृष्टि र जीवनलाई चलाउन

निजी स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीलाई सरकारी सरह सेवा सुविधा दिनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं

औषधि विधेयक अन्तिम चरणमाः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपील