केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित



म्याग्दी । रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो ।

पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मङ्गला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले भने, “के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन ।” उनले चार रोपनीमा केराखेती गरेका छन् ।

त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका–२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताए । “छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन”, उनले भने । कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेको उनले बताए ।

जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायतका ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ ।

विगत १४ वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले केराखेतीमा उत्पन्न समस्याले यो वर्ष आफ्नो घरव्यवहार चलाउन अति कठिन हुने दुःखेसो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

झाडी फाडेर सुन्तला बगान

म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै

एकल चेपाङ महिलालाई बाख्रा वितरण

चितवन।  इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर