निजी क्षेत्रको बक्यौता तिर्न सरकारलाई सुझाव



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ सुक्लाले निजी क्षेत्रको ५० अर्ब बक्यौता तिर्न नसकिएकाले समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले अर्थतन्त्रलाई गतिशील बनाउन सरकारी दायित्व र बक्यौताको यथाशीघ्र भुक्तानी हुनुपर्नेमा जोड दिएका हुन् ।

सुक्लाले अर्थतन्त्रमा सुधार भएको भनिए पनि धरातलमा जनताले महसुस गर्न नसकेको बताएका छन् । उनले भने, ‘अर्थतन्त्र सुधार भएको भन्ने तथ्याङ्क त छ तर यो कतै मिथ्याङ्क त होइन ? निजी क्षेत्र सङ्कटमा गइरहेको छ । लगानीको वातावरण छैन । जबसम्म निजी क्षेत्र लगानीका लागि उत्साहित हुँदैन तबसम्म अर्थतन्त्र चलायमान हुँदैन ।’

बैंकमा निक्षेप बढी भएको पैसा लगानी नभएसम्म अर्थतन्त्र चलायमान नहुने सुक्लाको भनाइ छ । उनका अनुसार ग्रामीण अर्थतन्त्र चलायमान गर्नका लागि सहकारी क्षेत्रको सुधार गर्नुपर्ने छ ।

सुक्लाले पर्यापर्यटन क्षेत्रको सुधारका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएका छन् । लगानीको उचित फाइदा नभएसम्म ऋणात्मक बोझ बढ्ने र धनात्मक अवस्था कम हुने छ उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार

ऊर्जा दक्षता कार्यक्रमको संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर

पाटन (ललितपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यको उपस्थितिमा ‘ऊर्जा

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्