१० अर्बमा होटल ‘शेराटन’ बिक्री गर्ने योजनामा शेष घले



काठमाडौं । गैरआवासीय नेपालीको लगानीमा निर्मार्णाधीन पाँच तारे होटल ‘शेराटन’ बिक्रीमा राखिएको छ । दश वर्षअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले बहुप्रतिक्षित परियोजनाको रुपमा अघि बढाएको होटल शेराटन निर्माण सम्पन्न भएर संचालनमा नआउँदै बिक्रीमा राखिएको हो ।

एनआरएनको लगानी भन्दै तत्कालीन प्रधानमन्त्री स्वर्गीय सशील कोइरालाले गैरआवासीय नेपाली दिवसको अवसर पारेर होटलको शिलान्यास गरेका थिए । विदेशी लगानी भन्दै उच्च प्राथमिकता दिएर अघि बढाइएको उक्त परियोजना अहिले संचालनमा नआउँदै बिक्रीमा राखिएको छ ।

एनआरएनएका पूर्वअध्यक्ष घलेको एमआईटी होल्डिङ ग्रुप नेपाल र शेराटन सिंगापुरको अन्तर्राष्ट्रिय स्टारवुड होटल एन्ड रिसोर्ट वल्डवाइडले उक्त होटल संचालन गर्ने सहमति भएको थियो । तर, शिलान्यास भएर निर्माण अघि बढेको १ दशक भईसक्दा पनि उक्त होटल संचालनमा नआएपछि घलेले उक्त होटल नै बिक्रीका लागि अघि बढाएका छन् ।

नारायणहिटी दरबार नजिक रहेको १३ रोपनी जग्गामा निर्माण सुरु गरिएको उक्त होटलको लागत साढे ६ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर, भूकम्प, कोरोनाजस्ता महामारीले थलिँदै जाँदा उक्त होटलको लागत झण्डै दोब्बरले बढेको बताइएको छ । पछिल्लो समय संरचना निर्माणका लागि काठमाडौं महानगरपालिका लगायत सरकारी निकायको झण्झट तथा उच्च लागतका साथै होटल व्यवसायको भविष्यसमेत नरहेको भन्दै घलेले उक्त होटल बिक्रीमा राखेका हुन् ।

होटलको बिक्री मूल्य १० अर्ब रुपैयाँ राखिएको बताइएको छ । होटल शिलान्यासको क्रममा विश्वव्यापी चर्चित ब्राण्ड शेराटन २०१८ फेब्रुअरीसम्ममा होटल सञ्चालनमा ल्याउने उद्घोष गरेको थियो । कुल २ सय २५ कोठाको उक्त होटलमा चार वटा फुड एन्ड बेभरेज आउटलेट, आईटी हब, स्पा, स्विमिङ र फिटनेस सेन्टरको सुविधा रहने जानकारी दिइएको थियो । तर, घलेले पछिल्लो समय उक्त होटल निर्माण चरणमै बिक्री गरेर बहिरिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब भन्दाबढी आम्दानी गर्न सकिने

काठमाडौँ । सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने

यातायात कार्यालय हेटौंडाद्वारा ६ महिनामा २९ करोड एक लाख राजस्व सङ्कलन

बागमती। यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१-८२ को छ महिनाका अवधिमा

मनाङका किसान सामूहिक खेतीमा आकर्षित

मनाङ । मनाङका किसानहरू सामूहिक खेतीतर्फ आकर्षित भएका छन् । खेतीयोग्य भूमि कम

सुन तोलामा एकसय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी