शेयर बजारमा उच्च अंकको गिरावट



काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से १८.१४ अंकले घटेर २६३५.०९ अंकमा बन्द भएको छ ।

नेप्से सूचक घटेपछि राताम्मे भएको बजारमा होटल तथा पर्यटन समूहबाहेकका सबै उपसमूहको सूचक घटेका छन् ।

होटल तथा पर्यटन समूहको भने ०.९९ प्रतिशतले सूचक बढेको हो । आज कारोबारमा आएका ३०८ प्रकारका धितोपत्र मध्ये ५५ वटा धितोपत्रको सेयरमूल्य बढेको छ भने १८० वटाको मूल्य घटेको छ।

जसमा बराही हाइड्रो र हिमालयन पावर पार्टनरको मूल्यमा १० प्रतिशतको बृद्धि देखिदा रिभरफल्स, न्यादी हाइड्रो धेरै कमाउनेको तेस्रो र चौथौँ स्थानमा छन्।

बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । आज ७ अर्ब ३० करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी

सुन तोलामा आठ सयले वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर

सिरहा । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा