साना किसानको १४ प्रतिशत बोनस शेयर पारित



काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा  ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०/८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा रु ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी रु एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्‍याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव

कैलाली । पछिल्लो समय कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अंकले

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालीमाटी तरकारी बजारमा तरुलको व्यापार बढ्दो(फोटोफिचर)

काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुल खरिद गर्दै उपभोक्ता । कालीमाटी बजारमा

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश 

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी