६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत



सिरहा । चालु आर्थिक वर्ष २०८१/०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाको पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ ।

शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगर सभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गरेका हुन् ।

नगरप्रमुख चौधरीका अनुसार १४औँ नगर सभाबाट पारित जम्मा रू एक अर्ब २३ करोड एक लाख ९२ हजार आय र व्ययको अनुमानसहितको वार्षिक बजेटबाट हालसम्म जम्मा रू २८ करोड ५६ लाख ५० हजार खर्च भएको छ । यसमध्ये चालु खर्चतर्फ रू २४ करोड २३ लाख तीन हजार अर्थात् १९ दशमलव ७० प्रतिशत रहेको छ ।

त्यसैगरी पुँजीगतअर्थात् विकास खर्चतर्फ रू चार करोड ३३ लाख ४७ हजार अर्थात् तीन दशमलव ४५ प्रतिशत खर्च भएको हो । यहाँ २४ वटा वडा रहेका छन् । नगरप्रमुख चौधरीले १४औँ नगर सभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना तथा कार्यक्रम दुई दिन चल्ने बन्द-शत्रमा छलफल गरी पारित गर्ने जानकारी दिए।

शुक्रबार उद्घाटन गरिएको १५औँ हिउँदे नगरसभाको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए। स्थानीय शासन सञ्चालन ऐन, २०७४ मा नगरसभा वर्षमा दुई पटकसम्म गर्न सकिने भनी उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ राजदूत भन्छन्-नेपालको धेरै जनसङ्ख्या कृषिमा आश्रित भएकाले यसको विकासमा थप जोडदिनुपर्छ

  काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध

नेप्सेमा पाँच अर्ब ३८ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

लमजुङ । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ