उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट



बागमती । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।

उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए।

उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । “हामीसँगै कच्चा पदार्थको अभाव छैन”, अध्यक्ष भण्डारीले भने, “उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ,”, उहाँले भन्नुभयो ।

आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुस २५ गतेदेखि चितवन महोत्सव

काठमाडौँ । चितवनको नारायणगढस्थित नारायणी किनारमा यही पुस २५ गतेदेखि आगामी माघ १०

हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब तीन महिनादेखि सिमेन्ट उत्पादन गर्न बन्द

यसवर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने

पन्ध्र अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता

काठमाडौँ । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू