विदेशबाट आइएमईमार्फत् रकम पठाएर एक करोड जितेकी प्रमिलालाई चेक हस्तान्तरण



काठमाडौं । विदेशमा कमाएको रकम आइएमईमार्फत पठाएर १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ ।

जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको बताइन् ।

आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले गत असोजमा काठमाण्डौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी हुन् ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती

नवलपुर ।  सुस्तापूर्वको गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

  काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न

काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रस्ताव

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव