खैरहनी महोत्सवमा महकाे प्रवर्द्धन गरिँदै



चितवन । तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ। यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो। यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ।

महोत्सवमा मह बिक्रीसँगै महको फाइदाका बारेमा परामर्शसमेत दिँदै आइएको छ। मह परिसरमा चितवनको खैरहनी र राप्तिका साथै मकवानपुरको राक्सिराङका मौरी व्यवसायी फार्मले महको स्टल राखेका छन्।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले खैरहनीलगायत पूर्वी चितवन महको प्रचुर सम्भावना रहेको क्षेत्र भएकाले यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिइएको बताए। उनले भने, ‘मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ, यसको उपभोग बढाउन, व्यवसाय प्रवर्द्धन गर्न तेस्रो खैरहनी महोत्सवमा विशेष प्राथमिकता दिएका छौँ।’

महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका खनालले चितवनको खैरहनी, राप्ती र कालिका नगरपालिकामा पर्याप्त मात्रामा मौरीपालन गरिँदै आएको जानकारी दिए। उनका अनुसार खैरहनीमा मौरी पकेट कार्यक्रम पनि लागु छ।

यसैबीच खैरहनी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज अस्मिता अधिकारीसहित राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिने मेला सांस्कृतिक समितिका संयोजक अर्जुन लम्सालले जानकारी दिए। पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालनका विषयमा प्रधानमन्त्रीलाई आपूर्ति मन्त्रालयको ब्रिफिङ

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको निरन्तर पहल, तर कहिले आउँछ सकारात्मक नतिजा ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ ।

राष्ट्र बैंकद्वारा तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ ।

दशगजा वारिपारि पहेँलपुर तोरीबारी

चन्द्रकला भण्डारी, झापा । मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर