चार तारेमा स्तर वृद्धि गर्दै ‘होटल जङ्गल क्राउन’



 

चितवन । चितवनको सौराहामा पछिल्लो समय ठूलो लगानीका होटल खुल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भइरहेका होटलमा लगानी थपेका हुन् ।

यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि आज नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गरे ।

उनले विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको बताए । होटलका अध्यक्ष डा तिलचन्द्र भट्टराईले तीन तले ४० कोठे नयाँ भवन बनेसँगै चारतारे सुविधा सम्पन्न होटल निर्माण गरिने जानकारी दिए । हाल उक्त होटलको ४३ कोठा सञ्चालनमा छन् ।

होटलमा बस्ने ग्राहकलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरी चार तारे स्तरमा स्तरवृद्धि गर्न लागिएको उनले बताए ।

दुई वर्षभित्र सम्पूर्ण निर्माण पूरा गरी नयाँ भवन सञ्चालनमा ल्याइने जनाइएको छ । दुई बिघा बढी क्षेत्रफलमा रहेको होटलको थप लगानी रु एक अर्ब रहने अध्यक्ष भट्टराईले जानकारी दिए ।

मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जीप सफारी गरेर चितवन निकुञ्जका जैविक विविधतासगैँ गैँडा, बाघलगायतका जङ्गली जनावर हेर्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन

  काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

काठमाडौँ । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

काठमाडौं ।  सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक

देशभरका मालपोत कार्यालयले कात्तिकमा उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौँ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा  दुई अर्ब ७० करोड ४०