पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च



काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ ।

 

चालु आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ ।

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ ।

कात्तिक मसान्तसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा हालसम्म तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख बराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकामा हालसम्मको प्रगति शून्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौँ’

  लुम्बिनी । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति, जनतासँग माफी माग्न आग्रह

काठमाडौं । नेकपा एमालेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘चाइना कार्ड’

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला आएको छः महामन्त्री थापा

चौतारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका

गण्डकी प्रदेस महोत्सव :जातीय परम्परागत घर अवलोककर्ताको रोजाइमा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो