एक सय ४६ करदाताको बैंक खाता रोक्का



चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।

कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उनले बताए । कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा ६ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो ।

सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा सात अर्ब ६६ करोड ५९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१० रुपैयाँ किलोमा काउली बेच्न किसान बाध्य, उपभोक्तालाई ६० रुपैयाँ

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न

बढ्दो बसाइँसराई र कृषि भूमिमा आवास निर्माणका कारण कोशीमा कृषि बालीको क्षेत्रफल घट्दै

काठमाडौं ।  बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा

कर्णालीका तीन हजार दुग्ध उत्पादक किसानलाई प्रोत्साहनका लागि  एक करोड २३ हजार बजेट

सुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि 

अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको