जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर



तनहुँ। तनहुँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व संकलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व संकलनमा कमी आएको हो ।

कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवासीय राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

‘यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन,’ उनले भने, ‘कार्यपालिका बैठकले आगामी मङ्सिरभित्र वगीकरण टुङ्ग्याउने योजना बनाएको छ ।’

नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व संकलनमा कमी आएको गैरेले बताए।

दश पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिए।

‘धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम हुने गरेको छ’, उनले भने, ‘जग्गा वर्गीकरण गरी खुला गरेको अवस्थामा दिनमा ४५ वटासम्म काम गर्न सकिनेछ ।’

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म आठ करोड ७८ लाख ९६ हजार सात सय १४ राजस्व संकलन भएकामा चालु आवको सोही अवधिमा छ करोड २८ लाख ६८ हजार पाँच सय ४९ गरेको छ ।

गत आवको तुलनामा चालु आवमा दुई करोड ५० लाख २८ हजार एक सय ६५ राजस्व संकलनमा कमी आएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत

सिरहा । चालु आर्थिक वर्ष २०८१/०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाको

अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

चितवन ।  अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौँ। सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि  ६५

प्राकृतिक विपदबाट भएको क्षतिको १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी

काठमाडौं ।  गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको