तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन बुधबारका लागि एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि भने एक हजार आठ सय ९० निर्धारण भएको छ ।