निगमको वाइडबडी जहाजले पायो सी–चेक



 

काठमाडौँ  । नेपाल वायुसेवा निगमको वाइडबडी विमानको सम्पूर्ण मर्मत (सी–चेक) प्राप्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पहलपछि निगमको वाइडबडी विमानले सी–चेक पाएको हो ।

पर्यटनमन्त्री तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक र निगमका कार्यकारी अध्यक्षसँग चरणबद्ध छलफल गरी निर्देशन दिएपछि कल साइन नाइन एनएनवाई विमानले सी–चेक पाएको हो ।

क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन । मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेपछि शुक्रबार क्यानले निगमलाई सो अनुमति प्रदान गरेको हो ।

मन्त्री तामाङले  क्यान र निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिँदै छिटो सी–चेक सम्पन्न गर्न निर्देशन दिएका थिए ।

क्यानको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी–चेकका लागि क्यानले निगमलाई अनुमति दिएको जानकारी दिए । वायुसेवा निगमले जुन २२ मा निगमको एक वाइडबडी विमान दुबई हुँदै मर्मतका लागि इटाली पठाएको थियो । सो जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । इटालियन कम्पनी एटिटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिइएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले वाइडबडी जहाजको सी–चेकका लागि क्यानले अनुमति दिएको पत्र निगमलाई प्राप्त भएको जानकारी दिए । दुईवटा वाइडबडी विमानमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभएकाले उडान गर्न पाएको थिएन ।

यस विमानको मर्मत सम्पन्न भएपश्चात् निगमको अर्को ए ३३० जहाज नाइन एन–एएलजेडलाई पनि मर्मत गराउन सोही मर्मत कम्पनीमा जुलाई २०२४ को अन्तिम सातामा पठाउने तयारी गरिरहेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन्

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आइतबारको बैठकमा

संसदीय छानबिन विशेष समितिले माग्यो समस्याग्रस्त २० वटा सहकारीको कागजात

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा