वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घट्यो



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार पुगेको छ ।

गत आवको पहिलो महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको आयात भएको थियो । तथ्याङ्कानुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९० दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ ।

गत आवको सुरुको महिनामा १४ अर्ब ८० करोड ९७ लाखको निर्यात भएकोमा चालु आवको समीक्षा अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको निर्यात भएको छ । विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात नौ दशमलव ४८ प्रतिशत रहेको छ ।

एक खर्ब १५ अर्बको व्यापार घाटा

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार कायम भएको छ । गत आवको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार थियो ।

आयातमा सबैभन्दा बढी डिजेल

मुलुकको वैदेशिक व्यापारमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । विभागको तथ्याङ्कानुसार एक महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो । त्यस्तै यस अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजारको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

निर्यातमा सबैभन्दा बढी अलैँची

नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका

तेस्रो लगानी सम्मेलन आजदेखि, नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक