११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह



 

। काठमाडौं  चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत  ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत्  ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत  २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा  २० खर्ब २१ अर्ब ८७ करोड गरी कुल  ५२ खर्ब ५३ अर्ब १६ करोड तरलता प्रवाह गरिएको हो ।

यो कारोबारमा आधारित तरलता प्रवाहको तथ्याङ्क हो । गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले  ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरेको थियो ।

गत जेठ मसान्तसम्ममा रिभर्स रिपोमार्फत  पाँच अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकबाट  छ खर्ब ८७ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । यो अवधिसम्ममा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी  ५ खर्ब ६२ अर्ब १९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको जनाइएको छ ।

राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जाबाट गत जेठ मसान्तसम्ममा  १ अर्ब ९६ करोड लगानी गरेको छ । जेठ मसान्तमा १ लाख ४७ हजार ५ सय १० ऋणीलाई प्रवाह भएको २ खर्ब ३ अर्ब १० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार २ सय ३५ ऋणीलाई प्रवाह भएको  १ खर्ब ३९ अर्ब ६८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४ सय ५५ महिला उद्यमीलाई प्रवाह भएको  ६० अर्ब ४६ करोड कर्जा बक्यौता छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८ सय २० ऋणीको  २ अर्ब ९७ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा गत जेठ मसान्तमा रू ७२ करोड ५४ लाख बराबर बक्यौता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा दुई अर्ब ९५ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से झिनो अंकले बढेको छ

लगानी सम्मेलन कस्तो भयो ? लगानीबोर्डका सिइओ सुशील भट्टलाई आठ प्रश्न

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी

रारामा अष्ट्रेलियन कम्पनीले एक अर्ब भन्दाबढी लागतमा लक्जरी रिसोर्ट बनाउने समझदारी

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका