टान नेतृत्वका लागि चार व्यवसायीबीच चुनावी दौडधुप



काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि चार व्यवसायीबीच चुनावी दौडधुप चलेको छ ।

यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् ।

साथै उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन् । टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन् ।

प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुन् भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरिसकेका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । होटल तथा ट्रेकिङ व्यवसायमा चारैजना अब्बल गनिन्छन् ।

टान निर्वाचनका लागि मिति तय भएसँगै आकांक्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताए । उनले टान नेतृत्व सकेसम्म सहमतिमा गर्ने प्रयास गरिए पनि व्यवसायीले प्यानलसहित उम्मेदवारी घोषणा गरिरहेकाले निर्वाचनबाटै नेतृत्व चयन हुने उल्लेख गरे ।

अध्यक्ष सुवेदीले भने, “टानको वार्षिक साधारणसभा एवं निर्वाचन साउन ३० घोषणा गरिएको छ । सहमतिबाटै नेतृत्व चयनका लागि छलफल भइरहेको छ, सहमति भएन भने निर्वाचनबाटै नेतृत्व चयन हुन्छ । त्यसका लागि व्यावसायिक छलफल जारी छ ।”

टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार आठसय व्यवसायी आबद्ध छन् ।

यस्ता छन् प्रतिस्पर्धी उम्मेदवार

अध्यक्षका प्रत्यासी बास्तोलाले पर्यटन व्यवसायलाई अहिलेको डिजिटल युग सुहाउँदो समयसापेक्ष बजारीकरण गरेर प्रवद्र्धनमा जुट्ने बताएका छन् । उनी टानलाई अझै सशक्त व्यावसायिक संस्थाका रुपमा अगाडि बढाउने बताउँछन् । बास्तोलाले नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन भएकाले कोभिड–१९ ले थलिएको समग्र पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न भूमिका खेल्ने बताए ।

विगत २६ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवं सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्ष निर्वाचित भएका थिए ।

अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी राजेन्द्रप्रसाद सापकोटा पर्यटन क्षेत्रका विभिन्न संस्थाको नेतृत्वमा रहिसकेका छन् । आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको ठमेलमा पर्यटकीय होटल सञ्चालनमा छ । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत हुन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको उनले बताए । उनले निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताए । पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी भण्डारीले पनि टान नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

स्नोइ होराइजन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक भण्डारीले आफ्ना प्रतिबद्धता सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन् । उनले टानका साधारण सदस्यप्रति उत्तरदायी भएर चुनावी खर्च कम गर्ने र उम्मेदवारी दर्ता शुल्क तथा बढीमा एक पन्ने प्रतिबद्धता पत्रको छपाइ खर्च मात्र हुने बताए ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्चको अध्यक्षसमेत भइसकेका कमल सापकोटाको होटल र ट्राभल व्यवसायमा लगानी छ । माउन्टेन डिलाइन्स् ट्राभल एन्ड टूर्सका संस्थापक प्रबन्ध निर्देशक, काठमाडौँ गार्डेनका संस्थापक अध्यक्ष हुन् ।

विभिन्न सामाजिक काममा पनि सापकोटाको सक्रियता छ । टानको संस्थागत सुदृढीकरण र सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर पर्वतीय पर्यटन प्रवद्र्धनमा सक्रिय हुने उद्देश्यले नेतृत्वमा आउन चाहेको अध्यक्षका प्रत्यासी सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

बागमती प्रदेशमा ट्राफिक कारबाहीबाट १४ करोड राजश्व संकलन

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक