आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने सरकारको लक्ष्य



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तिव्रता दिदैँ आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्याउने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै आर्थिक वृद्धिदरलाई ७ प्रतिशतमा पुर्याउने बताएका हुन् ।

आर्थिक वृद्धिदरलाई सात प्रतिशतमा पुर्याउनका लागि मन्त्रालयले विकासका गतिविधिहरुलाई तिव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने काम मन्त्रालयले गर्ने बताए ।

त्यस्तै बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीहरुमा सुधार गर्ने, भुक्तानी प्रणालीमा सरल बनाउने, न्यून बिजीकरणका समस्यालाई समाधान गर्ने लगायतका काम गरी लक्ष्य हासिल गर्ने बताए ।

उनले गरिबी अन्त्य गर्नका लागि ठोस योजना ल्याउन लागिएको पनि बताए । व्यापार घाटा चुलिदै गएको भन्दै उनले आयात प्रतिस्थापन गर्ने कुरालाई गुणात्मक बनाउनुपर्ने बताए ।

उत्पादन क्षेत्रलाई जोड दिने उनको भनाई छ । कृषि बाली बिमालाई ८० प्रतिशत पुर्याउनुका साथै २०० मेघावाट भन्दा माथिका जलविद्युत आयोजनामा लगानी भित्राउनका लागि आवश्यक प्रविधि भित्राउन १५ वर्षसम्म कर छुट दिने, थप ६ वर्ष ५० प्रतिशत कर छुट दिने, उपत्यकाका १२ स्थानमा पार्क बनाउनका लागि अध्यययन गरिराखिएको पनि उनले बताए ।

अर्थमन्त्री शर्माले बर्हिगमित लडाकुहरुलाई रोजगारीमा जोड्ने कार्यक्रम रहेको पनि उल्लेख गरे । वैदेशिक रोजगारीबाट कमाएर ल्याएको मध्ये ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गर्ने मन्त्रालयले त्यसमा बनाउन लागेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दोहोरो अंकको गिरावट, दुई अर्ब १० करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

  तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले  आठ करोडको

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख

तोलामा १ हजार सात  सय रुपैयाँले बढ्यो सुनको मूल्य

  काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला  एक हजार