नेपालको पर्यटन प्रवद्र्धनमा श्रीलंकाले सघाउने



काठमाडौं । श्रीलंकाले नेपालमा पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताएकी हुन् ।

परिसंघ कार्यालय थापाथलीमा भएको छलफलमा राजदूत अरुणतिलकाले नेपाली निर्यातकर्तालाई श्रीलंकामा सहज पह्ँच र बजारका लागि आफूले पहल गर्ने बताइन् । ‘हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्नेछ,’ उनले भनिन् ।

दुई देशबीच सिधा हवाई सेवा सुरु भएको भन्दै उनले यसले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उल्लेख गरिन् । ‘हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक आपसमा लगानी अभिवृद्धि र आर्थिक सम्बन्ध विस्तारमा जोड्न सक्छौँ,’ उनले भनिन् ।

छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको भन्दै श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताए । ‘नेपाल सिमेन्ट, जुत्ता चप्पल जस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थामा छ, यसबाहेक धेरै क्षेत्रमा हाम्रो संभावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ ।’

छलफल कार्यक्रममा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले एसियाली देशहरूका निजी क्षेत्रका संस्थालाई जोड्ने उद्देश्यले परिसंघको अगुवाईमा युनियन अफ एसिएन चेम्बर्स गठन गरिएको बताए । यसमार्फत एसियाली देशहरूका निजी क्षेत्रका संगठनबीच एकता कायम गरी लगानी अभिवृद्धि र व्यापार सहजीकरणमा सहकार्य गर्ने उल्लेख गरे ।
कार्यक्रममा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं महानिर्देशक यादवप्रसाद पौड्याल र श्रीलंकाली राजदूतावासकी काउन्सेलर निलुशा दिल्मिनीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला