नेप्से र कारोबार रकम दुवै ओरालो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ । कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १६.४३, व्यापार ३८.५६, होटल तथा पर्यटन ०.९६, विकास बैंक १८६.१३, वित्त ११३.८८, उत्पादन १२७.०५, अन्य ३७.५२, लघुवित्त २३.४७, जीवन बीमा ३४२.०२, सामूहिक लगानी कोष ०.१४ र लगानी ३.५१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो । अपि पावर कम्पनी ३२ करोड ९९ लाख ९८ हजार ४५८, ङादी ग्रुप अफ पावर २३ करोड ३१ लाख ४६ हजार ९५३, युनाइटेड मोदी २२ करोड २० लाख ७४ हजार ८८२ र हिमालयन डिस्टिलरी रु २० करोड १० लाख ७९ हजार २९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुगेको छ । नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । चन्द्रागिरी हिल्स ५.२३, खानीखोला हाइड्रोपावर ५ र डिप्रोक्स लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले कमाए ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ६.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ६.४८, अरुण काबेली पावर ६.०९, एनआरएन इन्फास्ट्रकचर ५.८८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य