नेप्सेमा झिनो सुधार



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ बिन्दुले बढेर ५५०.६९ मा पुगेको छ । कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो । नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झण्डै १२० अङ्कको गिरावट भएको थियो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.८९, होटल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ७.३४, विकास बैंक ४०.१४, जलविद्युत् १९.९६, वित्त ८७.८२, निर्जीबन बीमा ६३.५९, उत्पादन २ं४२, अन्य १.४४, लघुवित्त ५.९४ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो । युनाइटेड मोदी ३० करोड १४ लाख २३ हजार, अपि पावर कम्पनी २३ करोड ७५ लाख १५ हजार, हिमालयन डिस्टिलरी २३ करोड ३६ लाख ७६ हजार ९२७ र रिडी हाइड्रोपावरको २२ करोड ११ लाख ५३ हजार १५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ७.५५, ओरियण्टल होटल ६.१४, युनाइटेड मोदी ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ६.०२ र सोल्टी होटलका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए ।

त्यस्तै, सनराइज फस्ट म्युचुअल फण्ड ९.९८, खानीखोला हाइड्रोपावर ७.७७, गुह्येश्वरी मर्चेन्ट बैंक ६.२७, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ५.२८ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने