स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार गरेका छन् ।

बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराए ।

सांसद रामकुमारी झाँक्रीले भनिन्, “यो आर्थिक अराजकताको पराकास्ट हो । कानूनको कमजोर स्थानमा टेक्ने होइन, उठेका विषय सम्बोधन गरिनुपर्छ । सार्वजनिक पदधारण गर्नेमा आत्मअनुुशासन र नैतिकता हुन पदैन र ?” जवाफमा निर्देशक साउदले भने, “नियम कानूूनको परिधिभित्रै रहेर सर्वाेत्तम सिमेन्टसँग जोडिएको विषयमा काम भएको हो । अहिले मलाई त्यसमा प्रवेश नगरेको भए पनि हुुन्थ्यो की भन्ने महसुस भएको छ । अब यस्ता नमूूना प्रश्न उब्जन दिइने छैनौँ ।”

सर्वाेत्तम सिमेन्ट नेप्सेमा आएको सूचीकृत कम्पनी नभएको बताउँदै उनले भने, “आगामी दिनमा यस्ता नमूूना प्रश्नबाट टाढै रहने प्रतिबद्धता दिलाउन चाहन्छु ।”

नेप्सेले आचारसंहिता र कर्मचारी नियमावलीभित्र रहेर निर्णय गरेको भए पनि समाजबाट आउन सक्ने प्रश्नको पाटोलाई ध्यान दिँदै आगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरिने कार्यकारी निर्देशक साउदले स्पष्ट गरे । उनले भने, “कानून र नियम हेरी शेयर किनेकै हो । नियमले मात्र हुदोरहेनछ, हाम्रो पछाडि समाज पनि छ, भन्ने अहिले महसुस भएको छ ।”

यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले कतिपय खेलमा नियुुक्त गरिएका रेफ्री(निर्णायक) नै खेलमा सहभागी भएमा खेलको निर्णय कसले दिन्छ ? भनी प्रश्न गर्दै सर्वाेत्तमसम्बन्धी विषय पनि यस्तै होइन र भनी जिज्ञासा राखे ।

सभापति दाहालले भने, “माननीयज्यूलाई पनि भन्न चाहन्छु आइपिओभन्दा बाहेक शेयरमा संलग्न हुुने कुराबाट आफूलाई टाढा राख्नुहोला । हामी पनि नियामक निकायजस्तै भूमिकामा छौँ । हाम्रो पनि नैतिकतासँग जोडिन्छ सचेत गराउन चाहन्छु ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए । मुलुकमा शेयरको कारोवार गर्ने ९७ निकाय रहेकामा ८० प्रतिशत कारोवार उपत्यकामै रहेका ५० कम्पनीबाट हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा

लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?

-अचुतकुमार ओझा धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन

उर्जा उत्पादकलाई प्रधानमन्त्रीको आग्रहः तपाईंहरु लगानी गर्नुस्, लगानी खोज्दै अरुलाई खोला दिइरहनु पर्दैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग