सानिमा लाइफको आईपीओ बाँडफाँट, ५ लाख ४० हजारलाई दश/दश कित्ता शेयर
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट गरिएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ मध्ये १ लाख ६ हजार २ सय ९२ जनाको आवेदन रद्द भएको थियो ।
बाहेक बाँकी रहेका योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० कित्ता बाँडफाँट गरिएको छ । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।