नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुगेको छ ।

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो ।

यस्तै, युनिभर्सल पावर ३५ करोड ४८ लाख ५२ हजार ५१८, फस्ट माइक्राफाइनान्स ३४ करोड तीन लाख ५४ हजार ३९८, नागरिक लगानी कोष ३२ करोड १९ लाख ७९ हजार ८३७ र रिडी हाइड्रोपावर २८ करोड ८६ लाख ९२ हजार ४६६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.९८, फस्ट माइक्रोफाइनान्स ९.०९, युनिभर्सल पावर ९ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतले कमाए । यस्तै, नेपाल हाइड्रो डेभलपर ५.३३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.०७, लक्ष्मी इक्विटी फण्ड ४.७८, हिमालयन पावर पार्टनर ४.८० र बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।

कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर परिसूचक उकालो लागेको छ भने आठ उपसमूहको ओरालो लागेको छ । लघुवित्त उपसमूह २.२२ प्रतिशत, लगानी उपसमूह १.७ प्रतिशत, उत्पादन ०.६३ प्रतिशत, वित्तको ०.३४ प्रतिशत र बैंकिङको ०.०९ प्रतिशत बढेको छ । कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङमा सुन्तला खेतीप्रति आकर्षण बढ्दै, यसवर्ष १८ करोडको बिक्री

  ढोरपाटन (बागलुङ) ।  पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

  काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई

नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रियस्तरमा निर्यात हुने गरि योजना बनाउँछौंः उद्योगमन्त्री भण्डारी

  अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका