नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ मा ओर्लेको छ ।

कूल २१७ कम्पनीको दुई करोड ६० लाख ४० हजार २३ कित्ता १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढेको छ । यस्तै, बैंकिङ १०.४४, व्यापार ४.४२, जलविद्युत् २८.४३, वित्त ५३.८२, निर्जीवन बीमा ६९.५७, उत्पादन ५३.३, अन्य १२.८२, लघुवित्त ४.९७, जीवन बीमा ८६.५५, सामूहिक लगानी कोष ०.०३ र लगानी १.३७ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी २९ करोड ४४ लाख ३७ हजार २३०, युनाइटेड मोदी २५ करोड ४३ लाख १५ हजार ४७३, हिमालयन जनरल इन्स्योरेन्स २४ करोड ७५ लाख आठ हजार ४९ र रिडी हाइड्रो पावरको २२ करोड ४२ लाख ६४ हजार ९४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

रिडी हाइड्रोपावर ९.९५, जीवन विकास लघुवित्त ८.२२, सप्तकोशी डेभलपमेन्ट बैंक ७.६५, युनाइटेड इदी मदी हाइड्रोपावर ७.५५ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.०५ प्रतिशतले कमाएका छन् । त्यस्तै गुडविल फाइनान्स ७.३३, माउण्टेन हाइड्रो नेपाल ६.१७, जानकी फाइनान्स ५.५०, जोशी हाइड्रो पावर ३.७३ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.६६ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका–८ स्थित हालसम्म देशकै

इजरायलमा मर्मत गरेर ल्याइयो निगमको जहाज

  काठमाडौँ । नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ