धितोपत्र बोर्डका अध्यक्षलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उनको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ । “विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ”, पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य बढेको छ ।

सुपारीको पातबाट बनेका थाल, बटुका युरोप निर्यात

२९ माघ, झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका