नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाघ्यो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्चा बिन्दुमा पुगेको छ । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १५.३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुगेको छ । नेप्सेल अब तीन हजार १०० को बिन्दुको यात्रा तय गरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कूल २१९ कम्पनीको दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरीद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च अङ्क हो । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १८.४५, जलविद्युुत् ४८.२७, उत्पादन ३७.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । व्यापार १६.३९, होटल तथा पर्यटन २५७.७१, विकास बैंक ४८.३६, वित्त ७०.१६, निर्जीवन बीमा ४४९.५६, अन्य २०११, लघुवित्त ३७.२४, जीवन बीमा ४३१.३८ र लगानी ३.२२ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोवार भयो । नेशनल हाइड्रोपावर ३६ करोड ५३ लाख ७५ हजार ३८९, अरुण भ्याली हाइड्रोपावर ३३ करोड ६१ लाख चार हजार ६२५, सानिमा माई हाइड्रोपावर ३१ करोड ८८ लाख ५६ हजार ३७५ र अपि पावर कम्पनी २९ करोड ५९ लाख ५५ हजार ९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो । यस्तै सोल्टी होटल ८.०६ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.०५ प्रतिशतले कमाए । यसैगरी पञ्चकन्या माई हाइड्रोपावर ५.०७, सिंगटी हाइड्रोपावर ४.९८, ग्रीनलाइफ हाइड्रोपावर ४.१८, पाँचथर पावर कम्पनी ४.१५ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.९५ प्रशितले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्रमा सकारात्मक सङ्केत देखापरेको छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, अभियानमा यस्ता छन् सातवटा कार्यक्रम

  काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

तनहुँ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको

घर बन्न छाडेपछि वैकल्पिक पेसामा तनहुँका मजदुर

तनहुँ । व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेशा घरमा रङ्ग