नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको कारोवारपछि नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।

यस्तै, बजार पूँजीकरण पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुगेको छ । बजार पूँजीकरण नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा धेरै माथि पुगेको छ । लगानीकर्ताको ध्यान आज विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको शेयरमा परेको नेप्सेको विवरणबाट देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २९.२४ बिन्दुले बढेर तीन हजार ७९.६७ मा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१९ बिन्दुले बढेर ५७४.३० मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड छ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्ने निर्देशिका जारी गरेपछि बैंकिङ २.६३ र लघुवित्त उपसमूहको शेयर ११६.६६ बिन्दुले घटेको छ । यस्तै, व्यापार २.५७ र होटल तथा पर्यटन १८.७७ बिन्दुले ओरालो लागेको छ ।

विकास बैंक ३५.५७, जलविद्युत् ११९, वित्त ७१.०४, निर्जीवन बीमा १२०.२६, उत्पादन ३०५.१८, अन्य ६०.३४, जीवन बीमा २६०.०८, सामूहिक लगानी कोष ०.१३ र लगानी उपसमूहको शेयरमा ३.०५ बिन्दुले बढेको छ । कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोवार भयो । यस्तै, अपिपावर कम्पनी ४८ करोड ३२ लाख एक हजार ४१४, युनाइटेड मोदी ३६ करोड २४ लाख ४० हजार ५३०, सानिमा माई हाइड्रोपावर ३५ करोड २८ लाख ५७ हजार ४९७ र नेशनल हाइड्रोपावर ३४ करोड ७७ लाख आठ हजार ५७० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स ५.७७, उन्नति सहकार्य लघुवित्त ४.६८, जनउत्थान सामुदायिक लघुवित्त ४.०६, स्वाभिमान लघुवित्त ३.९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा  एक हजार एक