लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व सङ्कलन



पोखरा । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो ।

गत आर्थिक वर्षमा चार अर्ब ८२ करोड २७ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य लिइएकामा चार अर्ब ६७ करोड ८५ लाख ९५ हजार सङ्कलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहेका कर अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार ९७ दशमलव एक प्रतिशत राजश्व जम्मा भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा भने राजश्व सङ्कलनको लक्ष्य नजिक पुगेको छ । सो आर्थिक वर्षमा पाँच अर्ब ६१ करोड ६७ लाख राजश्व उठाउने लक्ष्य रहेकामा चार अर्ब तीन करोड ११ लाख मात्र सङ्कलन भएको थियो । जुन लक्ष्यभन्दा २९ प्रतिशत न्यून थियो । कर अधिकृत लामिछानेले राजश्व सङ्कलन सन्तोषजन रहेको बताए ।

उनले भने, “राजश्वको शतप्रतिशत लक्ष्य पूरा नभए पनि लक्ष्यको नजिक पुग्न सफल भयौँ । भुक्तानी टिडिएसहरु समयमै दाखिला नभएको र कोरोनाका कारण व्यापार–व्यवसायमा समेत असर पुगेकाले राजश्वमा केही कम भएको हो ।”

आर्थिक वर्ष २०७७/७८ मा आयकरतर्फ दुई अर्ब ८५ करोड राजश्व सङ्कलन भएको छ । जुन लक्ष्यभन्दा बढी हो । दुई अर्ब ७७ करोड ८६ लाख आयकरबाट राजश्व उठाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

यसैगरी मूल्य अभिवृद्धि करबाट एक अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट २८ करोड पाँच लाख ८६ हजार, घरभाडा करबाट पाँच करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट १२ लाख २२ हजार र शिक्षा करबाट चार लाख ५३ हजार राजश्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।

तीस हजार ८०० करदाता थपिए

उक्त कार्यालयमा गत वर्षमा ३० हजार ८९२ करदाता थपिएका थिए । आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म एक लाख ३४ हजार ६७० करदाता भएकामा गत आर्थिक वर्षमा ३० हजार ८९२ करदाता बढेर एक लाख ६५ हजार ५६२ पुगेका हुन् । गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा एक लाख नौ हजार ३५२ र व्यावसायिक प्यानमा ५६ हजार १५८ करदाता दर्ता भएको राजश्व कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा