मार्सल लगाएर गण्डकी प्रदेशको बजेट पारित



गण्डकी । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र बहिष्कारका बीच पारित भएको छ । एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर बुधबार बजेट पारित गरिएको हो ।

बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो । विरोधका बाबजुद पनि वैठक अघि बढेपछि एमालेका सदस्यले प्रदेशसभा बहिष्कार गरेका थिए ।

प्रतिपक्षको बहिष्कारका बीच अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनियोजन विधेयकलगायत विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो । आफ्नो सरकारको पालामा ल्याएका विभिन्न योजनाको बजेट कटौती लगायतका विषयमा नेकपा एमाले असहमति जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा