नेप्से घट्दा लघुवित्त उपसमूहको शेयरमा आकर्षण



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा मंगलबार तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लघुवित्त उपसमूहको शेयर २६.४ बिन्दुले उकालो लागेको छ । नेप्से भने ४७.४९ बिन्दुले घटेर दुई हजार ८२८मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८७ बिन्दुले घटेर ५२३.७० मा सिमित भयो । कूल २२३ कम्पनीको एक करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर रु छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको मात्रै शेयर उकालो लागेको हो । बैंकिङ २६.४४, व्यापार ४७.५३, होटल तथा पर्यटन १.३२, विकास बैंक १६७.१३, जलविद्युत् ७६.०३, वित्त ८७.६१, निर्जीवन बीमा २५१.५३, उत्पादन ३४.९८, अन्य ५१.३३, जीवन बीमा १६५.९८, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८४ ले घट्दा लघुवित्त उपसमूह भने २६.४ बिन्दुले उकालो लाग्यो ।

कारोवारका आधारमा राधी विद्युत् कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ७९० मा ४९ करोड ८३ लाख २५ हजार ९५० बराबरको कारोवार भयो । यस्तै, नेशनल हाइड्रोपावर ३६ करोड ७८ लाख ५० हजार ५०, एचआइडिसिएल २९ करोड ६७ लाख ५२ हजार ७४४, नेपाल इन्स्योरेन्स कम्पनी २३ करोड ९९ लाख ६८ हजार ३६० र नेपाल पुनरबीमा कम्पनी १६ करोड ५३ लाख ९९ हजार ६०७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

ओरियण्टल होटल ५.७६, गुराँस लघुवित्त ४.२५, सामुदायिक लघुवित्त ३.६६, तारागाँउ रिजेन्सी होटल २.८४ र सिभिल लघुवित्तका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ८.५५, एचआइडिसिएल ८.०७, वेष्ट फाइनान्स कम्पनी ८.०१, श्री इन्भेष्टमेन्ट फाइनान्स ७.१८ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६.९० प्रतिशतले गुमाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा