सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल दिने



काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल दिने भएको छ । कोषले आर्थिक वर्ष २०७६/०७७ भित्र सूचीकृत योगदानकर्तालाई वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सङ्कलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल योगदानकर्तालाई दिन लागेको हो ।

सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ । वृद्धावस्था सुरक्षा योजनामा सङ्कलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

कोषले प्रतिफल बराबरको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने जनाएको छ । कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो ।

कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत छन् । कोषमा ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम सङ्कलन भएको छ । कोषले विभिन्न योजनाअन्तर्गत योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख दाबी भुक्तानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको