बजेटले होटल र पर्यटन क्षेत्रका धेरै माग सम्बोधन गरेकाले लाभान्वित हुन अर्थमन्त्रीको आग्रह



काठमाडौं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन व्यवसायीहरुलाई आग्रह गरेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) को सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै माग सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका हुन् ।

बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराइने उल्लेख गरिएको जानकारी गराउँदै उनले कोभिड –१९ का बेला यसभन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको धारणा व्यक्त गरे ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने, कोभिड –१९ बाट प्रभावित होटल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नु पर्ने इजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ । यस्तै होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिड–१९ मा सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार रकम उपलब्ध गराउने लगायत उल्लेख गरिएको छ ।

हानका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामुलक उद्योगमा राख्नु ठूलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटल संघ नेपालले दिएका सुझावहरु बजेटमा सम्बोधन भएकोमा धन्यवाद दिए । हानले २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नुपर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनु पर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनुपर्ने लगायतका सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको