निजी डेरीले पाए अत्यावश्यक सेवासरह ढुवानी प्रतीक चिह्न



काठमाडौं । निजी क्षेत्रको डेरी उद्योगले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिह्न पाएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डले पहिलो पटक काभ्रेको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरलाई ढुवानी लोगो दिएको हो । यसअघि बोर्डले बुधबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का गाडीमा लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो ।

बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भएबमोजिम प्रक्रिया पु¥याएर लोगो वितरण गरिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको हो ।

संस्थानपछि क्रमशः प्रक्रियासहित निवेदन आएका नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको जनाइएको छ । अब लोगो अङ्कित गाडी निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवतजावत गर्न पाउनेछन् ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा आएका निवेदनअनुसार परीक्षण गरी लोगो उपलब्ध गराइएको कार्यकारी निर्देशन यादवले जानकारी दिए ।

सरकारले दूध तथा दुग्धजन्य पदार्थको ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र उक्त सवारी साधनलाई पहिचान खुल्ने गरी लोगो प्रदान गरिएको यादवले जानकारी दिए ।

यसअघि किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पु¥याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दूधका गाडी देशभर आवातजावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो । ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको थियो ।

गत चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने लोगो (प्रतीक चिह्न)को सार्वजनिक अनावरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको

मौरीपालनबाट लाभान्वित किसान

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको