सातवटै प्रदेशले आज बजेट ल्याउँदै



काठमाडौं । आज प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउँदैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो ।

प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अपरान्ह ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।

सोमबार मात्रै नीति तथा कार्यक्रम संसद प्रस्तुत गरेको गण्डकी प्रदेश सरकारले पनि आजै बजेट ल्याउँदै छ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ । यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४७ हजारको मृत्युपछि भएको युद्धविरामले ल्याएको खुसी

बीबीसी । लामो प्रयासपछि इजरायल र हमासबीच युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको

मौरीपालनबाट लाभान्वित किसान

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको

जलवायु परिवर्तनको असरः पुसमै पाक्यो ‘चैते काफल’

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा चैतमा पाक्ने काफल पुस महिनामै पाकेको छ