नेप्से परिसूचक अन्तिम समयमा दोहोरो अङ्कले घट्यो



काठमाडौं । तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबारको शुरुवाती कारोबारमा नेप्सेले तीनहजार बिन्दु छोएको थियो । यो हालसम्मकै उच्च थियो । पुनः बजार सम्हालिएर १३.५६ बिन्दुले नेप्से घटी दुई हजार ९४६.५८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूच्क २.८३ बिन्दुले घटेर ५२५.२८ मा झरेको छ । कूल २२१ कम्पनीको तीन करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर रु १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोवार पछि बजार पूँजीकरणमा सामान्य गिरावट आएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख १० हजार बराबर रहेको छ ।

कारोवार भएका कूल १३ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ७८.९३, वित्त ४७.३८, निर्जीवन बीमा ३९, उत्पादन २३७.४६, जीवन बीमा २९.१२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८७ करोड ९४ लाख ९० हजार १०७ बराबरको कारोवार भयो ।

यस्तै, पुनरबीमा कम्पनी ६१ करोड ८० लाख ३८ हजार ३९३, नेपाल इन्स्योरेन्स कम्पनी ५१ करोड छ लाख ७१ हजार १५२, लुम्बिनी विकास बैंक ४८ करोड २८ लाख ९८ हजार २१९ र युनाइटेड मोदी ४७ करोड १४ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै, नेपाल इन्स्योरेन्स र युनाइटेड मोदीका लगानीकर्ताले समान ९.९५ प्रतिशतले कमाउँदा रिडी हाइड्रोपावर ९.९२, अरुण भ्याली हाइड्रोपावर ९.८६ र सिइडिबि हाइड्रोपावरका शेयरधनीले ९.८६ प्रतिशतले आर्जन गरे ।

त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८८, महालक्ष्मी विकास बैंक ६.३७, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६.१५, मितेरी डेभलपमेन्ट बैंक ५.९७ र गरिमा विकास बैंकका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने