बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छः अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यन्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गरे ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको बजेटपछिको छलफलमा उनले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उल्लेख गरे । त्यसको लागि उनले आजदेखि नै सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल शुरु गर्ने जानकारी दिए ।

सरकारले ल्याएको बजेट यसपछि आउने सरकारले पनि निरन्तरता दिने भन्दै उनले निर्वाचनपछि पनि एमाले नेतृत्वकै सरकार बन्ने सामथ्र्य राख्ने बताए । सरकारले आफ्नो जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्यवन गर्नको लागि बजेट ल्याएको बताउँदै बजेट भित्र बसेर टिप्पणी गर्न उनले आग्रह गरे ।

अहिलेको परिस्थितीसँग सरकार जुधिरहेको उनको तर्क रहेको छ ।“ हामी कोभिड भनेर हात ठडाएर बस्दैनौ, आजको परिस्थितीसँग जुध्दै अघि बढ्छौँ”, मन्त्री पौडेलले भने, “ निर्वाचन हुदैछ बजेट नल्याउ भन्न मिल्दैन, बजेट नल्याउनु भनेको यस्तो बेला कोभिड खोप नल्याउ, कोरोनाको विषम परिस्थितीसँग नजुध भने जस्तै हो ।”

उनले सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार भएकै कारणले आवश्यक बजेट व्यवस्था गरेको स्पष्ट पारे । राजनीतिक दलका टिप्पणीबाट भ्रमित नभई आर्थिक क्रियाकलापमा लाग्नको लागि निजी क्षेत्रलाई उनले सुझाव दिए । सरकारले ल्याएको बजेट आगामी सरकारले कार्यान्वयन गर्नैपर्ने हुने उनको कथन छ ।

निर्वाचन सरकारको रोजाइ नभएको भन्दै परिस्थितिको बाध्यता भएको तर बजेट कार्यान्वयनमा निर्वाचनले असर नगर्ने उनको भनाइ छ । अर्थसचिव शिशिरकुमार ढुङ्गानाले पनि बजेट कार्यन्वयन हुन्छ भन्नेमा सरकार प्रतिवद्ध रहेको जानकारी दिए । बजेट कार्यान्वयन समयमै गर्नको लागि बजेट मार्फत केही सुधारको प्रयास गरिएको उनकोे भनाइ छ ।

बजेट कार्यान्यवनको लागि जग्गा प्राप्तिलाई सहज गराइने, बजेट सूचना प्रणालीलाई संशोधन गरी रकमान्तर र कार्यक्रम संशोधन सम्बन्धित मन्त्रालयले गर्न सक्ने व्यवस्था गरिने र आयोजनालाई सुक्ष्म ढङ्गले विश्लेषण गर्न आयोजना प्रमुख र सचिवलाई जिम्मेवार बनाइने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यसपालीको बजेटमा केही सुधारको प्रयास भएको बताए । “ निर्वाचनको घोषणा गरिसकेको सरकारले हाम्रा माग सम्बोधन गर्न सक्दैन कि जस्तो लागेको थियो त्यही पनि ६० प्रतिशत सुझाब सम्बोधन भए, कोभिड खोपको व्यवस्थाका लागि बजेट ठिक छ, पर्यटन , मनोरञ्जन क्षेत्रमा विशेष सहुलियत भनिएको थियो आएको छ राम्रो छ”, अध्यक्ष गोल्छाले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले बजेट कार्यान्वयन र बजेटले राखेको लक्ष्य पूरा गर्न चुनौतिपूर्ण भएपनि बजेट नीति सकरात्मक रहेको प्रतिक्रिया दिए ।

उनले समयमै सर्वसुलभ भ्याक्सिनको व्यवस्था गर्न सकेमा आर्थिक क्रियाकलाप विस्तार भइ साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कार्यन्वयनमा चुनौतिका बाबजुद बजेट निजी क्षेत्रमैत्री रहेको प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

‘अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ’

इलाम। इलामको सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा

नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् ।