कामचलाउ सरकारलाई पूर्ण बजेट नल्याउन पूर्वअर्थमन्त्रीहरुको सुझाव



काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले यस्तो बताएका हुन् ।

पूर्वअर्थमन्त्री मञ्चको बैठक बसेर हाल बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, संसद् पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने सुझाव दिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी मान्यता र प्रचलनबमोजिम पनि यस्तो अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने विषयलाई बैठकले जोड दिएको छ।’

अध्यादेशमार्फत बजेट ल्याउनैपर्ने बाध्यता भए नियमित खर्च मात्रै गर्ने गरी कामचलाउ बजेट ल्याउन उनीहरुको सुझाव छ । देश कोभिड–१९ का कारण आक्रान्त भएको हुँदा बजेटले कोरोनाविद्धको खोपको उपलब्धतालाई पहिलो प्राथमिकता दिई नागरिकलाई सुरक्षित बनाउन सुझाव दिइएको जनाइएको छ ।

स्वास्थ्य पूर्वाधारहरुको निर्माण, स्वास्थ्य सामग्रीहरुको उपलब्धता एवम् स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुविधाहरुलाई बजेटले विशेष ध्यान दिनुपर्ने सुझाव उनीहरूले दिएका छन् । त्यस्तै, कोभिड–१९ का कारण अर्थतन्त्रका प्रभावित क्षेत्रलाई राहत दिने गरी विशेष प्याकेज ल्याउनुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।

विज्ञप्तिमा भनिएके छ, ‘कोभिडबाट प्रभावित विपन्न वर्ग, अपांगता, असहाय तथा बेरोजगार जनतालाई सम्बोधन गर्ने गरी सरकारले राहत प्याकेज ल्याउनुपर्ने बैठकले सुझाव दिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि

शेयर बजारमा झिनो अंकको वृद्धि

  काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा